आधारभूत मेलमिलाप तालिम सम्पन्न

ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजना र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा मेलमिलाप सम्बन्धी ८ दिवसीय प्रशिक्षण तालिम सम्पन्न भएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधिश, मेलमिलाप परिषद्का अध्यक्ष श्री कुमार रेग्मीको प्रमुख आतिथ्यता, उच्च अदालत पाटनका पूर्व माननीय न्यायाधिश श्री अनन्तराज डुम्रेको विशिष्ट आतिथ्यतामा Dees Boutique Hotel Koteshowar सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा सर्वोच्च अदालतका सहरजिष्ट्रार, मेलमिलाप परिषद्का सचिवालय प्रमुख अर्जुन प्रसाद कोईराला, पाटन उच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता विदुर ढुङ्गाना, विशेष अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता टिका बहादुर कुवँर, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप-सचिव निरा अधिकारी, चाटर्ड एकाउन्टेण्ड रमेश न्याैपाने लगायतको उपस्थिती थियो।
कार्तिक २१ देखि सुरु भएको मेलमिलाप तालिमको वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको थियो।
अपाङ्गता भएका व्यक्तिहरुलाई समेत तालिममा सहभागी गराई तालिम अत्यान्तै भव्यताका साथ तालिम सम्पन्न गरेकोमा आयोजक संस्था प्रति खुशी व्यक्त गर्दै संस्थाले विगत देखि यस क्षेत्रमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै मेलमिलापलाई नेपालको संविधान एवं अदालतले समेत प्राथमिकतामा राखेको बताउनु भयो ।
जनअधिकार संरक्षण मञ्चका कार्यकारी निर्देशक सतिश कुमार शर्माको मुख्य प्रशिक्षण रहेका तालिममा उत्प्रेरक वक्ता प्रशिक्षक हरिप्रसाद डुम्रे प्रशिक्षक सागर बगाले लगायत यस क्षेत्रका विशिष्ठ अतिथिहरुले समेत प्रशिक्षण गर्नु भएको थियो ।
कार्यक्रम उद्धाटन र समापन सत्रका अध्यक्ष तथा ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका कार्यकारी अध्यक्ष अधिवक्ता हरिप्रसाद डुम्रेले ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप कहिले पनि गुणस्तरमा सम्झौता नगर्ने प्रतिबध्दता जनाउदैँ यस्ता तालिमहरु आगामी दिनमा पनि आयोजना गर्ने प्रतिबध्दता गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
मेलमिलाप प्रशिक्षक प्रशिक्षण, मध्यस्थता तालिमका साथै न्याय, कानून, व्यक्तित्व र नेतृत्व विकास एवं संस्थागत विकासमा विभिन्न तालिम संचालन गर्दै आएको ज्ञानपुञ्ज स्कूल अफ लिडिरसिपले आगामी माघ १८ र १९ गते काठमाडाैंमा भव्य तालिम आयोजना गर्दैछ ।

Next Session Date: 2025-04-24

Location: Gyanpunj School of Leadership

Key Features

Program Objective

Duration

8 Days

Links

No links for this Program

Leave a comment

Other's Comments

You may aslo like

...

This Course is designed to empower both current and future leaders with the critical skills, knowled...

View Details
...

This course is crafted for senior leaders and executives looking to enhance their leadership abiliti...

View Details
...

This Course aims to build individuals' confidence and proficiency in speaking effectively before an...

View Details
Chat with us

Click the button below to chat with us on WhatsApp:

Chat on WhatsApp